|

गाजामा तत्काल युद्धविराम गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गरेको प्रस्तावलाई अमेरिकाले भिटो प्रयोग गरेपछि चीन लगायतका देशले कडा आलोचना गरेका छन्। 

अमेरिकाको यो कदमले गाजामा मानवीय हत्यालाई प्रोत्साहन गरेको भन्दै चीनलगायतका देशले कडा विरोध गरिरहेका हुन्। अमेरिकाले भने यो प्रस्तावले वार्ता नै खतरामा पर्ने बताएको छ। 

अमेरिकाले  इजरायललाई आफ्नै अस्थायी युद्धविरामको प्रस्ताव गरेको छ। उसले इजरायललाई रफाह सहरमा आक्रमण नगर्न चेतावनी समेत दिएको छ। यसलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ जनाले समर्थन गरेका थिए। जसमा बेलायतले समेत भाग लिएको थियो। 

संयुक्त राष्ट्रका लागि वाशिंगटनका राजदूत लिण्डा थोमस–ग्रीनफिल्डले भने इजरायल र हमासबीच वार्ता जारी रहेको बेला तत्काल युद्धविरामको लागि आह्वान गर्ने यो उपयुक्त समय नभएको बतएको अलजजिराले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.