|

पूर्वी युक्रेनस्थित रुसी सैन्य क्याम्पमा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० रुसी सैनिक मारिएका छन्। रुसले कब्जा गरेको क्षेत्रमा क्याम्पबाहिर खुला क्षेत्रमा रहेका सैनिकमाथि दुईवटा मिसाइल खसेका थिए। 

रिपोर्टहरूमा दोनेत्स्क क्षेत्रको त्रुदोभस्के गाउँमा रुसी सेनाका मेजर जनरल ओलेग मोइसेवको पखाईमा रहेका सैनिकमाथि मिसाइल खसेको बताइएको छ। मिसाइल अमेरिकामा निर्मित हिमार्स लञ्चर सिस्टमबाट प्रहार गरिएको रुसी सैनिकले जनाएको छ। 

आफ्ना सैनिक मारिएको विवरण रुसले लुकाउने प्रयास गरिरहेको बीबीसीले जनाएको छ। आक्रमणबारे युक्रेनले पनि प्रतिक्रिया दिएको छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.