|

हेटौंडा : मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले राजमार्ग बन्द गरेको छ। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्वबद्धता जनाउँदै दुग्ध संघ मकवानपुरले राजमार्ग बन्द गरेको हो।

मकवानपुरका करिब ६ हजार दुग्ध किसानको उपस्थितिमा राजमार्ग बन्द गरेका हुन्। दुग्ध किशानहरुले मकवानपुर जिल्ला बकैया र बागमती गाउँपालिका, हेटौंडा वडा नम्वर १७ र १८ तथा मकवानपुरगढी गाउँपालिका र सुकौराका दूध किसानहरु सानोपोखरा चोकमा, भीमफेदी गाउँपालिका र पुरानो मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ र ६ का किसानहरु चौकीटोलमा, हेटौंडा १९, ३ र ११ तथा मनहरी गाउँपालिकाका किसान राप्ती पुलमा, मनहरी १ र हेटौंडा १२, १३, १४ र १५, ७ र ८ का किसानहरु कर्रा पुलमा भेला भएर दिउँसो साढे बजे बुद्धचोकमा जम्मा भई विभिन्न ब्यानर तथा प्लेकार्डसहित र्याली सुरु गरेका थिए।

र्याली राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राम मन्दिर, मेनरोड, उद्योग वाणिज्य संघबाट चौकीटोल ओरालो सहकारी मन्त्रालयसम्म पुगेर कोणसभामा परिणत भएको थियो।

सडकमा किसानहरु हिँडेर करिब २ घण्टा राजमार्ग अवरुद्ध  गर्ने मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले जानकारी दिए।

सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम विगत ६ महिनादेखि करिब  ६० करोड बाँकी रहेको संघका अध्यक्ष कँडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.