|

चितवन : चितवनको भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्यूटिकल्स (भिटामिन) र फूड सप्लिमेन्टहरु बिरामीलाई प्रेस्क्राइब गर्न रोक लगाएको छ। 

चिकित्सकहरुलाई कुनै पनि बिरामीलाई यस्ता सप्लिमेन्टहरु सिफारिस गरेर किन्न बाध्य नपार्न अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले बिहीबार सूचना जारी गर्दै यस्ता वस्तु प्रेस्क्राइब नगर्न भनेका हुन्।

अस्पतालको औषधि तथा उपचरात्मक समिति (ड्रग एण्ड थेराप्यूटिकल कमिटी) को निर्णय अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ।  सूचना अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी अस्पतालले दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.