|

काठमाडौं : राजनीतिक रुपमा विभाजित भइसकेको नेपाल समाजवादी पार्टी (नेसपा)मा एकअर्कालाई कारबाहीको होडबाजी चलेको छ। अध्यक्ष महेन्द्रराय यादव समूहले केन्द्रीय समितिमा बहुमत पुर्‍याएर अर्का अध्यक्ष बाबुराम भट्टराई समूहलाई कारबाही गर्न हस्ताक्षर अभियान सुरु गरेको छ। 

बाबुराम समूहको सोमबार बसेको बैठकले अध्यक्ष महेन्द्ररायसहितका नेताहरूलाई पदमुक्त गरेपछि हस्ताक्षर अभियान चलाइएको हो। महेन्द्रराय पक्षधरको बैठक नयाँ बानेश्वरमा बसेको छ। उक्त बैठकबाट हस्ताक्षर थालिएकाे हाे।

निर्वाचन अयोगमा अद्यावधिक भएको नेसपा केन्द्रीय सदस्यहरूको  सङ्ख्या १६७ छ। यस्तै ९ जनाको पदाधिकारी र २४ जनाको केन्द्रीय कार्यकारिणी समिति समेत रहेका छन्। तीमध्येका बहुमत सदस्य आफूहरूसँग रहेको दुवै पक्षको दाबी छ।

 शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बाबुरामलाई बाइपास गरेर महेन्द्रराय पक्षका नेताहरू र माओवादी केन्द्रबीच एकता गर्ने सहमति भएको थियो। तर सोमबार बसेको बाबुराम समूहको बैठकले माओवादीसँग एकता गर्ने सहमति खारेज गर्दै आगामी माघभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो। 

सोही बमोजिम केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.