|

काठमाडौँ : नेपाल पत्रकार महासंघले गृह मन्त्रालयको निर्देशन संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य भएको ठहर गरेको छ। 

मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको निर्देशनको बुँदा नम्बर २ प्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सञ्चारमाध्याम नियमनको दायित्व प्रेस काउन्सिलको रहेको स्पष्ट पारेको छ। 

जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमै डेस्क स्थापना गरेर सञ्चार माध्यमसमेतलाई निगरानीमा राख्ने प्रावधानसहितको निर्देशन गृहले जारी गरेको छ। 

‘सञ्चारमाध्यममा आएका सामग्रीको नियमन गर्ने दायित्व प्रेस काउन्सिल नेपालको रहेको र काउन्सिलले त्यस्तो अभ्यास गरिरहेको अवस्थामा प्रशासनिक निकायलाई कारबाहीसम्मको अधिकार दिनु पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको ठाडो उल्लङ्घन हो’, महासंघको विज्ञप्तिमा उल्लेख छ।

महासंघले गृह मन्त्रालयको निर्देशन तत्काल फिर्ता लिन पनि माग गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.