राजनीतिक दबाबले काम गर्न चुनौती छ : आयोजना प्रमुख यादव

|

काठमाडौं : किसानले भुक्तानी पाउनेभन्दा बढी मूल्य बराबरको दूध मौज्दात हुँदा दूध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ।

मुलुकभरका दूध उत्पादक किसानहरुले उत्पादन गरेको दूध संकलन भए पनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो।

संस्थानले मुलुकभरका दूध वितरण केन्द्रबाट संकलन भएको दूध प्रशोधनपश्चात् बिक्री नहुँदा चालु पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको बताएको छ।

संस्थानले दूध किसानहरुले भुक्तानी नपाउनुको कारण पनि दूधबाट बनाएको मखनलगायत पाउडर दूध किसानले पाउने भुक्तानीभन्दा बढी मूल्य बराबरको मौज्दात भएको कारण भुक्तानीमा समस्या आएको जनायो।

काठमाडौं, हेटौँडा, लुम्बिनी, नेपालगञ्ज, विराटनगर, धनगढी र चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी (१ हजार १५.५ मेट्रिकटन) पाउडर दूध स्टक रहेको दुग्ध विकास संस्थान काठमाडौंका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले बताए।

उनले पाउडर दूध मात्रै नभएर मखन ७ लाख ६७ हजार १४४ केजी (७ सय ६७.१ मेट्रिक टन) मौज्दात रहेको बताए। उनले काठमाडौं दूध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दूध स्टकमा रहेको उल्लेख गरे। उनले मुलुकभर गरी १ अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दूध स्टक रहेको दाबी गरे।

उनले दूध बिक्रीको लागि बजार विस्तारको ठूलो सम्भावना भए पनि सबै ठाउँमा पुर्‍याउन नसकिएको बताए। उनले डिडिसीको दूध गुणस्तरको सुनिश्चितता भएकाले उपभोक्तामा लोकप्रिय रहेको बताए। उनले दूध खरिद बिक्री र संकलनमा  अस्वस्थ प्रतिष्पर्धा हुँदा समस्या आएको बताए।

उनले आयोजनासँग भएका मेसिनहरु जीर्ण भएकले पनि दूध प्रशोधनमा समस्या रहेको बताए। प्रमुख यादवले किसानलाई भुक्तानी गर्ने रकमभन्दा बढीको दूध मौज्दात हुँदा चालुपँजीको अभाव  झेलिरहेको बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पाउडर दूध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको पनि बताए। उनले राजनीतिक हस्तक्षेपका कारण पनि संस्थानलाई चुनौती रहेको बताए।

उनले आयोजनासँग डेढ लाख लिटर क्षमताको दूध भण्डारण गर्नसक्ने क्षमता रहेको बताए। उनले ३ सय मेट्रिक टन मखन भण्डारण गर्नसक्ने क्षमता र ४ सय मेट्रिक टन पाउडर दूध भण्डारणको क्षमता रहेको बताए।

उनले भने, ‘काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर छ। दूध संकलनको कार्य क्षेत्र काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा र चितवन हुन्। २०६ सहकारी संस्था आवद्ध छन्। १ लाख घरधुरीबाट दूध संकलन गरिन्छ। औसत दूध संकलन ६५ देखि ७० हजार लिटर छ। सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ। दैनिक करिव ७० हजार लिटर दूध बिक्री हुन्छ।  पाउडर दूध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको छ। राजनीतिक हस्तक्षेप भइराख्ने गरेको छ। दूध किसानहरुले भुक्तानी नपाउनुको कारण दुग्धबाट बनाएको मखन लगायत वस्तुहरु किसानले पाउने भुक्तानी भन्दा बढी मूल्यको मौज्दात हुनु हो।

काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर रहेको छ। दूध संकलनको कार्य क्षेत्र काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा र चितवन हुन्। २०६ सहकारी संस्था आवद्ध भएर १ लाख घरधुरीबाट दूध संकलन गरिने गरेको आयोजनाले जनाएको छ।

औसत दूध संकलन ६५ देखि ७० हजार लिटर छ। सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ। दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.