|
फाइल फोटो

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले कुराकानीका विषय नखुलाए पनि सकारात्मक छलफल भएको बताए।

‘प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो ’ ओलीले भने।

समाजवादी मोर्चामा सहभागी हुने कुरा के हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने–‘होइन’।

शुक्रबारै बिहान समाजवादी मोर्चाको बैठक बसेको थियो। बैठकले एमालेलाई पनि मोर्चामा सहभागी गराउन एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा  प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो । 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.