|

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका केही भूभागमा आइतबार पनि वर्षा हुनेछ । 

मौसम पूर्वानुमान महााशाखाका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ । अहिले पनि बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति कोसी, बागती, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.