|

बेलायतका  पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेको बिहीबार सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो । 

शिक्षा प्रमुख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरूप राष्ट्रव्यापीरूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टसँगै यो निष्कर्ष आएको हो । 

बेलायतका विद्यालय निरीक्षण एजेन्सीका निवर्तमान प्रमुख अफस्टेडले शिक्षक र अझ बढी प्रधानाध्यापकको अत्यधिक समय लिइरहेको यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बताए। 

‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले फेब्रुअरी र मार्चमा गरेको करिब नौ हजार विद्यालय कर्मचारीको सर्वेक्षणमा पनि ३० प्रतिशत शिक्षकले अघिल्लो हप्ता विद्यार्थीहरू शिक्षकसँग झगडा गरिरहेको देखेको बताएका थिए। 

११ देखि अठार वर्षका विद्यार्थीहरूलाई पढाउने १५ प्रतिशत शिक्षकले आफूले विद्यार्थीबाट यौन उत्पीडन अनुभव गरेको बताएका थिए। 

शिक्षक संघ (एनएएसयुडब्लुटी) ले कर्मचारीले अत्यधिक तनाव अनुभव गरिरहेको भन्दै हडताल गर्ने सोच बनाइरहेको छ। संघले आफ्ना सदस्यसँग तलब, कामको बोझ र उनीहरूको कल्याणका विषय नवीकरण गर्ने औद्योगिक कारबाहीका लागि परामर्श गरिरहेको र आगामी दिनमा नतिजा घोषणा गर्ने बताएको छ । 

एनएएसयुडब्लुटीका महासचिव प्याट्रिक रोचले भने, ‘बेलायतका शिक्षकहरूले कामको अत्याधिक बोझ र तनाव अनुभव गरिरहेका छन्। उनीहरूको अधिकारमा सुधार नगरी उनीहरू अघि बढ्न सक्दैनन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.