काठमाडौं : वेष्टइण्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपालले पहिलो झड्का व्यहोरेको छ। ओपनर अनिल साह ९ बलमा ५ रन बनाएर आउट भएका छन्।
अहिले क्रिजमा कुशल भुर्तेल र कप्तान रोहित पौडेल रहेका छन्।
त्रिवि क्रिकेट मैदानमा यसअघि टस हारेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिज ए ले जितका लागि नेपाललाई २०५ रनको लक्ष्य दिएको छ। वेष्टइण्डिज 'ए'ले ५ विकेट गुमाएर २०४ रन बनाएको थियो।
नेपालका लागि दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनाश बोहोराले विकेट लिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।