विराटनगर : मुस्लिम समुदायले इद उल फित्र विराटनगरमा हर्षोल्लासका साथ मनाएका छन्।
उनीहरूले एक आपसमा शुभकामना आदानप्रदान साथै खुसी साटासाट गरी पर्व मनाएका हुन्। इद मुस्लिम समुदायको पवित्र महिना तथा कुरान अवतरण भएको महिना रमजान रोजा सकिएपछि मनाइने पर्व हो।
आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा व्रत सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ। खुसीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो।
सरकारले इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इदको अवसरमा आज बिहीबारका दिन देशभर सार्वजनिक बिदासमेत दिएको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।