संवैधानिक परामर्शमा जुटे प्रदेश प्रमुख खापुङ

|

विराटनगर : कोशी प्रदेशसमा नयाँ सरकार गठनको आह्‍वान गर्दै एमाले र माओवादी केन्द्रका नेताहरु प्रदेश प्रमुखसमक्ष पुगेका छन्।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि  एमाले–माओवादी नयाँ सरकारको आह्‍वान गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पुगेका हुन्।

विराटनगरस्थित होटल बिगमा  बिहान आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लिलाबल्लभ अधिकारी र माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्य सहितको टोली आवश्यक परामर्शको लागि प्रदेश प्रमुखकोमा पुगेका थिए।

प्रदेश प्रमुखको कार्यालयले भने पछिल्लो परिस्थितिबारे कानुनी र संवैधानिक परामर्श भइरहेको जनाएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि एमाले–माओवादी नयाँ सरकार गठनमा लागेका हुन्। यता, नयाँ  सरकार गठनको विषयमा अहिले नै टुंगो नभएको  प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.