|

बारा : बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा दलित महिला सदस्य पदकी एक उम्मेदवार निर्विरोध निर्वाचित भएकी छिन्। जितपुर–सिमरा वडा नम्बर २४ को दलित महिला सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी आलमती देवी निर्विरोध निर्वाचित भएकी हुन्।

२४ वटा वडा रहेको जितपुर–सिमरामा एमालेले प्रमुखमा कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई उम्मेदवार बनाएको छ। प्रदेश नम्बर २ अन्तर्गत ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.