|

झापा (भद्रपुर) : झापामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण मतगणना सकिएको छ। प्रत्यक्षतर्फको मतगणना यसअघि नै सकिएको जिल्लामा समानुपातिकतर्फको मतगणना पनि सम्पन्न भएको छ।

यहाँ ५ लाख ८५ हजार १ सय ६६ मतदातामध्ये ४ लाख १५ हजार १ सय ३ मत खसेको थियो। जसमध्ये समानुपातिकतर्फ प्रतिनिधिसभामा ३ लाख ८५ हजार ७ सय ३५ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए।

जसमा एमालेले सबैभन्दा बढी मत पाएको छ। त्यसपछि क्रमशः कांग्रेस, माओवादी, राप्रपा र संघीय समाजवादी फोरम छन्। एमालेले १ लाख ६० हजार ६ सय ३९ मत पाएको छ। यस्तै कांग्रेसले १ लाख २१ हजार ४ सय ८९, माओवादीले ३३ हजार ३ सय ९९ तथा राप्रपाले ३२ हजार ८५० मत पाएका छन्। पाँचौमा स्थानमा संघीय समाजवादी फोरम छ। उसले ५ हजार ५ सय ३६ र राजपाले ४ हजार ५५ मत पाएका छन्।

त्यसैगरी प्रदेशसभा पनि एमाले नै अघि छ। उसले ३ लाख ७१ हजार २ सय १३, एमालेले १ लाख ५० हजार ९ सय ९९, कांग्रेसले १ लाख १२ हजार ८ सय २, राप्रपाले ३४ हजार ९ सय ६६ र माओवादी केन्द्रले ३३ हजार २ सय ५९ मत प्राप्त गरेका छन्। यस्तै संघीय समाजवादी फोरमले ५ हजार ७८३ र राजपाले ४ हजार ४३५ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.