|

दाङः जिल्ला निर्वाचन कार्यालय दाङले स्थानीय तह निर्वाचनमा धेरै मत बदर भएपछि मंसिर २१ गते भएको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर कम गर्न मतदाता शिक्षाका विभिन्न कार्यक्रम ग¥यो तर त्यो सफल हुन सकेन।

भर्खरै सम्पन्न  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा साढे ८१ हजार बढी मत बदर भएको छ। प्रत्यक्ष र समानुपातिकमा गरी ८१ हजार ७६५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

प्रत्यक्षतर्फको प्रतिनिधिसभा र प्रदेशसभामा २५ हजार ६८५ र समानुपातिकतर्फ ५६ हजार ७१ मत बदर भएको हो। दाङमा प्रत्यक्ष र समानुपातिकतर्फ दुई लाख २९ हजार २८७ मत खसेको थियो। यसअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई लाख १५ हजार ५७१ मत सदर र १३ हजार ७१६ मत बदर भएको थियो। 

प्रदेशसभातर्फ दुई लाख १७ हजार ३११ मत सदर र ११ हजार ९६९ मत बदर भएको निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए। यस्तै, समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि दुई लाख २९ हजार ४५२ मत खसेकामा २१ हजार ९९८ मत बदर भएको छ। त्यसैगरी, प्रदेशसभा सदस्यको समानुपातिकतर्फ दुई लाख २९ हजार ४५२ मत खसेकामा ३४ हजार ७३ मत बदर भएको छ। 

बदर भएको मत पत्रलाई हेर्दा ७५ प्रतिशत मत एकभन्दा धेरै चुनाव चिह्नमा संकेत गरिएको पाइएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए। एउटै मत पत्रका धेरै चुनाव चिह्नमा छाप लगाएको, आँैठा छाप लगाएको, फरक फरक मतपेटिकामा मत पत्र खसाएको र केहीमा ‘नो भोट’ भनेर लेखिएको समेत फेलापरेको छ। 

दाङका मुख्य निर्वाचन अधिकृत रावलले मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर धेरै भएको बताए। मतदाता शिक्षा प्रभावकारी नहुनु, मतदानमा खटिएका कर्मचारी, प्रहरीको व्यवस्थापन फितलो हुनु र दलहरूले समेत भोट हाल्ने तरिका सिकाउनेमा कमजोरी गर्दा दाङमा बदर मतको संख्या धेरै देखिएको उनले बताए।

सरकारले निर्वाचन मतदाता शिक्षालाई प्रभावकारी बनाउन लाखौँ रुपैयाँ खर्च गरेको थियो। जिल्लामा ३९४ जना मतदाता शिक्षा कार्यकर्ताहरूलाई परिचालनसमेत गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.