|

कालिकोट : जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कौशल अलिमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका कालिकोटका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन्। जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यकर्मीबीच भएको छलफलमा जिल्ला प्रशासन कार्यालयले दोषीलाई कारबाही गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिएका हुन्।

स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलिलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले दुव्र्यवहार गरेको विरोधमा आइतबारदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले आन्दोलन उत्रिएका थिए।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा दोषीलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले प्रतिबद्धता जनाएपछि तीन दिनदेखि आन्दोलित स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएका हुन्। मंगलबारदेखि स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएपछि जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा नियमित सेवाहरु सुचारु भएका छन्।

प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. कौशल अलिमाथि दुव्र्यवहार गर्ने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.