|

काठमाडौं : कुरा करिब ४० बर्ष अगाडिको हो। सन् १९७९ डिसेम्बर १५ मा एसेज सिरिज चलिरहेको थियो। पर्थको एक मैदानमा आमनेसामने थिए अष्ट्रेलिया र इङल्याण्ड। त्यस बेला ८ विकेट गुमाएको अष्ट्रेलिया २ सय १९ रन बनाएर खेलिरहेको थियो। 

ट्राइकमा रहेका डेनिस लिलीलाई आयन बाँथमले बल फ्याँके। लिलीले एक्स्ट्रा कबरको दिसामा सट लगाए। उनि ३ रन लिनका लागि दौडिए। तर सबैको ध्यान गयो त्यस बेला ब्याटबाट निस्किएको आवाजमा। त्यही आवाजका कारण ब्याट विवादित बन्यो र क्रिकेटमा नियम बद्लियो। 

के थियो विवाद?

अन्य खेलाडीले काठले बनेको ब्याट प्रयोग गर्थे। तर लिलीको हातमा रहेको ब्याट काठबाट नभई आल्मुनियमबाट बनेको थियो। अल्मुनियमको ब्याट भएकै कारण बल ब्याटमा ठोक्किँदा आवाज निस्किएको थियो। 

त्यस खेल भन्दा १२ दिनअघि वेष्टइन्डिजसँगको खेलमा पनि लिलीले त्यही ब्याट चलाएका थिए। वेस्टइण्डिजसँग भएको म्याचमा कसैले पनि उक्त ब्याटबारे सवाल उठाएनन्। तर इङल्याण्डका कप्तान माइक ब्रियरलीले आल्मुनियमको ब्याट प्रयोग गरेकोमा आपत्ति जनाए। 

उनले यस्तो ब्याटको प्रयोगले बलको अवस्था बिग्रनेमा चिन्ता व्यक्त गरे। त्यसपछि अम्पायर म्याक्स ओकाँनेल र डन वेन्जरले लिलीलाई उक्त ब्याट प्रयोग गर्न नमिल्ने बताए। 

तर डेनिस त्यो मान्न तयार थिएनन्। उनले अम्पायरको निर्णयमा आपत्ति जनाउँदै क्रिकेटको रुल बुकमा काठबाट बनेको ब्याटमात्र चलाउनु पर्नेे नियम नरहेको स्मरण गराए। 

बलले स्टम्पमा लाग्यो तर गिल्ली झरेन! 

रिसले चुर भएका डेनिसले आफ्नो ब्याट फ्याँकिदिए। अन्त्यमा अष्ट्रेलियाका कप्तान ग्रेग चैपल नै मैदानमा आएर डेनिसलाई सम्झाउनु पर्‍र्यो। बल्ल उनी काठको ब्याट चलाउन राजी भए। त्यसपछि ३ रन जोडेर डेनिस आउट भए। 

ब्याटका लागि फेरियो नियम

अल्मुनियमको ब्याट प्रयोगपछि विवाद उत्पन्न भयो। सँगसँगै अष्ट्रेलियामा यस्तो ब्याटको विक्री ह्वात्तै बढ्यो। तर विवादित खेल भएको केही दिनमा नै क्रिकेटको रुल बुकमा केही नयाँ नियमहरु थपिए। 

त्यस मध्येको एक नियम थियो, ‘क्रिकेटमा काठबाट बनेको ब्याट मात्र चलाउन पाइनेछ।’ यसभन्दा अघि ब्याटको विषयमा क्रिकेट रुल बुकमा केही नियम लेखिएको थिएन। नयाँ नियम बनेसँगै आल्मुनियमको ब्याट प्रयोगमा पूर्ण रोक लाग्यो।

तर नियम आउनुअघिको विवाद भने क्रिकेटको इतिहासमा लेखियो। अष्ट्रेलियाका बलर डेनिसले सन् १९८१ मा इङल्याण्डविरुद्धको खेलमा ४ विकेट चड्काउँदै इङल्याण्डको पारी ध्वस्त पारिदिए। क्रिकेट प्रेमीहरु यसलाई २ वर्ष अघिको ब्याट विवादको बदलामा रुपमा व्याख्या गर्छन्। 

मार्केटिङको जुक्ति

डेनिस लिलीले धेरै पछि यो विवादको रहस्य खोलेका थिए। उनले ब्याट विवादबारे बोल्दै आप्mनो ब्याट विक्रीका लागि अपनाएको एक जुक्ति थियो भनेका छन्। चाहे जे होस्, यही विवादास्पद ब्याटको प्रयोगले क्रिकेट रुल बुकमा काठको मात्रै ब्याट प्रयोग गर्ने नियम थपिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.