|

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्नको लागि युएइसँग लगानी कर्तालाई आग्रह गरेकी छन्। 

अध्यक्ष राणा र नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी बिहीबार भएको भेटवार्तमा राणाले यसको लगानीको संभावना रहेको बताउँदै लगानीका लागि आह्वान गरेकी हुन्। 

उनले दुवै देशको निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमार्फत नेपालमा कृषि, पर्यटन, नेपाली उद्योग व्यवसायको क्षमता अभिवृद्धि, उत्पादनमुलक क्षेत्रमा संयुक्त अरव इमिरेट्सको लगानी, प्रविधि तथा अनुभव आकर्षणका लागि कुटनीतिक माध्यमबाट सहयोग गर्न राजदूतसमक्ष आग्रह गरिन्।

भेटवार्तामा नेपाल र संयुक्त अरब इमिरेट्स बीच सहयोग एवं सहकार्य, नेपालमा संयुक्त अरव इमिरेट्सको लगानी आकर्षण, नीजि क्षेत्र-निजी क्षेत्र बीचको सहयोग, सहकार्य र सम्बन्ध विस्तारका विषयमा छलफल गरिएको बताइएको छ।

साथै सो अवसरमा आगामी सन् २०२० को मार्च २४ देखि २६ सम्म संयुक्त अरव इमिरेट्सको दुवईमा आयोजना हुने वार्षिक लगानी सम्मेलनको दशौ संकरणका विषयमा पनि छलफल गरिएको बताइएको छ। 

नेपालको विकास प्रयासमा सहयोग गर्न आफ्नो देश सदैव तयार रहेको विश्वास दिलाउनु हुंदै राजदूतले खासगरी संयुक्त अरव इमिरेट्समा नेपाललाई एक प्रमुख लगानी गन्तव्यको रूपमा प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.