भूमिका लागि रगत बगाउन तयार छौँ : युवाहरू

|

बारा : नेपाल–भारत सीमा विवाद अहिले जनस्तरमा पुगेको छ । पछिल्लो पटक भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको भूगोल समावेश गरेपछि सुरु भएको भारतको विरोध विभिन्न स्वरुपमा देखिँदैछ।

बाराका युवाहरुले शनिबार नेपाल–भारत सीमास्तम्भमा उभिएर नेपाल राष्ट्रिय गान गायका छन्। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली...राष्ट्रगान गाएपछि भारतीय सुरक्षाकर्मीले असन्तुष्टि जनाएका छन्।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) तीन जवान सीमामा मन्दिर बनाउन आएको खबर आएको बताउँदै आइपुगेका थिए। एसएसबीका अजय कुमारले मन्दिर बनाउन खोजेको हो भनेर प्रश्न गरेका थिए।

नेपाली युवाहरुले गलत कुरा हो, यो भ्रम हो भनेर एकै स्वरमा जवाफ दिएका थिए । उनीहरुले नेपाली भूमि मिचिएका खबरहरु आइरहेको बेलामा आफ्नो सीमाको अवस्था हेर्न आएको बताएका थिए। 'हाम्रो सिमाना कहाँ छ? हामीलाई थाहा हुनुपर्यो नि!' नेपाली युवाहरूले जवाफमा भने।

एसएसबीका ईन्सपेक्टर अजय कुमारले भने सीमास्तम्भ राखिएको डाँडामा चढेकोमा पनि असन्तुष्टि जनाए। ‘कुन समुहबाट आएको हो,’ कुमारले भने, 'समुहको नेतृत्व कसले गरेको छ?’

युवाहरुले परिचय दिएपछि सीमा स्तम्भसँगै उभिएर नेपालको राष्ट्रगान गाएका थिए। त्यसपछि नेपाल आमाकी जय भन्दै उनीहहरूले नारा लगाए।

युवाहरुका गतिविधिलाई अर्का एसएसबीका जवानले मोबाइलमा सुरुदेखि नै कैद गरिरहेका थिए।

राष्ट्रगान र नारा लगाएर फर्किन लागेका युवाहरु भन्दा अघिअघि एउटै मोटरसाइकलमा बिनाहेलमेट तीनजना दशगजा हुँदै अघि लागेका थिए। त्यसपछि उनीहरुले चोकमा पुगेर नारा लगाएकोमा असन्तोष जनाएको माकुरा नेपालका सल्लाहकार तिलक घलानले बताए।

 ‘नारा किन लगाएको भनेर प्रश्न गर्दै नारा लगाउन नपाइने बताए,’, घलानले भने, 'हामीले आफ्नो राष्ट्रगान र नेपाल आमाकी जय किन भन्न पाउनुपर्छ।’

युवाको टोली सीमामा पुगेको केहl मिनेटमा नै भारतीय प्रहरी त्यहाँ पुगेर हप्कीदप्की गरेको स्थानीयले बताए।

युवाहरूको टोलीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत पुगेका थिए। युवाहरु बाराको निजगढ–११ रतनपुरमा सञ्चालन भएको संस्था माकुरा नेपालको आह्वानमा बाराको उत्तरी सिमाना डम्बरपुरबाट लाल, बागदेव, निजगढ शहीदचोकबाट मुख्य राजमार्ग हुँदै पुलुवाबाट मानमत–मटिअर्वा हुलाकी सडक हुँदै करिब ५० किलो मिरटरको दुरी पार गरेर त्यहाँ पुगेका थिए।

३० भन्दा बढी मोटरसाइकलमा ६० जना भन्दा बढी राष्ट्रिय झण्डा र मोटरसाइकलमा विभिन्न नारा उल्लेख गरेर त्यहाँ पुगेका हुन्। र्यालीलाई विभिन्न ठाउँमा ‘जय नेपाल’ को नाराले स्वागत गरिएको थियो ।

प्रहरीको स्कर्टिङ

र्यालीलाई नेपाल प्रहरीले मोबाइल टोलीमार्फत स्कर्टिङ्गको व्यवस्था गरिएको थियो। इलाका प्रहरी कार्यालय निजगढदेखि जिल्ला प्रहरी कार्यालय बारा र स्थानीय प्रहरी चौकी बसतपुरको समेत टोलीले आफ्नो क्षेत्रमा स्कर्टिङ्ग दिएको थियो।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र पोखरेलले सीमा अतिक्रमणबारे निकालिएको र्यालीलाई सुरक्षा प्रदान गरिएको बताए।

हल्लिने सीमा स्तम्भ

जङ्गे पिल्लरका रुपमा परिचित सीमा स्तम्भ देखेर नेपाली युवाहरु आश्चर्यमा परेका थिए । कतिपय सीमास्तम्भ भुईँमै बिलाउने जस्ता साना थिए। अग्लो पिल्लर पनि हल्निे अवस्थामा थियो ।

‘यस्तो स्तम्भ भएपछि त सजिलै सीमा अतिक्रमण भइहाल्छ नि,’ माकुरा नेपालका अध्यक्ष काशीराज राउतले भने,‘बलिया सीमा स्तम्भ बनाउनुपर्नेमा लापरवाही गरिएको पाइयो।’

स्थानीय गायिकासमेत रहेकी अनिशा बागदासले रामकृष्ण ढकालको सगर्व नेपाली भन्न पायोस...बोलको गीत सिमानामा गाइन् । उनले आफ्नो देशको सीमामा आएर नेपाली गीत गाउन पाउँदा मनबाटै सन्तोष लागेको बताइन् ।

रगत बगाउन तयार

र्याली बारा सदरमुकाम कलैयाको भरतचोकमा कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै तिलक घलानले सिमा अतिक्रमणविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए।

उनले सीमा अतिक्रमविरुद्ध रगत बगाउन तयार रहेको बताएका थिए। त्यस्तै कुमार मोक्तानले सीमासम्म पुगेर राष्ट्रिय गान बजाएको नरुचाउने भारतीय प्रहरीले सीमा क्षेत्रका जनताला गरेको व्यवहार अनुमान गर्न सकिने बताए। त्यस्तै राजेश पटेलले राष्ट्रियताको विषयमा तराई–पहाड एक भएर लाग्नुपर्ने बताए।

मा क्षेत्रमा धेरै नेपाली आउनुपर्छ

सीमावर्ती कलैया उपमहानगरपालिका–१० मटिअर्वाका स्थानीय भगिरथ साह कानुले भारतीय पक्षले सीमक्षेत्रमा दुःख दिने गरेको सुनाए। उनले सीमा अतिक्रमणविरुद्ध युवाहरुले आवाज उठाउन ठूलो संख्यामा सीमाक्षेत्रमा आउनुपर्ने बताए।

उनले सीमाक्षेत्रमा रहेका पिल्लरको अवस्थाबारे सरकारले चासो नदिएको बताए। ‘पिल्लरमा बाख्रा बाँध्नेसम्मका काम भएको छ,’ साहले भने, 'दशगजा व्यक्तिगत काममा समेत प्रयोग भइरहेको छ।’

दुई स्थानमा सिमा अतिक्रमण

बारामा दुई स्थानमा सीमा अतिक्रमण भएको पाइएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासङ्ग्रामको अनुसार दुई स्थानमा गरि ३६ हक्टर जमिन अतिक्रमणमा परेको हो।

त्यसैगरि प्रदेश नं २ मा २१ स्थानमा ४ सय ६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको पुस्तकमा उल्लेख छ।

भारतीयले प्रदेश नं २ को पर्साका पाँच स्थानमा २२७ हेक्टर, महोत्तरीका दुई स्थानमा १४ हेक्टर, रौतहटमा एक स्थानमा १५ हेक्टर, सप्तरीमा सात स्थानमा १४५ हेक्टर, सर्लाहीमा दुई स्थानमा १२ हेक्टर, सिरहामा दुई स्थानमा ४१ हेक्टर गरी जम्मा २१ स्थानमा ४६० हेक्टर जग्गा अतिक्रमण गरी उपभोग गर्दै आएका छन्।

नेपाल–भारत सीमामा रहेका कतिपय सीमास्तम्भ नदीले बगाएको, क्षतिग्रस्त भएकाले सीमाक्षेत्र कहाँसम्म हो भनी यकिन गर्न नसकिएकाले कतिपय ठाउँमा भारतीयले अतिक्रमण गरी खेतीपाती गर्ने, गाईगोठ बनाएर भोगचलन गर्दै आएका छन्। 

बाराका प्रमुख जिल्ला अधिकारी पोखरेलले अतिक्रमण भएको जानकारी भएपनि एकिन कति ठाउँमा कति क्षेत्रफल अतिक्रमण भएको भन्न नसक्ने बताए। उनले सीमा अतिक्रमण बारेमा अनुगमन हुन नसकेकोले बताए।

त्यस्तै सशस्त्र प्रहरी बल नम्बर १२ गण हेडक्वाटर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बारामा ६ सय ८५ वटा सीमा स्तम्भमा मुख्य, सहायक र साना गरि एक सय १३ वटा फेला नपरेको बताए । उनका अनुसार ३० साना स्तम्भ, २ सहायक स्तम्भ खोलाले बगाएका छन्।

१३ स्थानमा विवाद

बाराको १३ स्थानमा सीमा विवाद रहेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए । उनका अनुसार नेपालबाट ७ स्थानमा र भारतीयबाट ६ स्थानमा सिमा मिचेर खेतीपाती, बाटो, आँगनको रुपमा प्रयोग गरिएको बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.