भ्रमण वर्ष उद्घाटनमा एयर शो

|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वायु सेवा सञ्‍चालकलाई नेपाल भ्रमण वर्षका अवसरमा छुटको प्याकेज घोषणा गर्न आग्रह गरेका छन्। 

मन्त्री भट्टराईले संचालकहरूसँग सोमबार गरेको छलफलमा यस्तो आग्रह गरेका हुन्। भ्रमण वर्षको उदघाटनमा ‘एयर सो’लगायतका सिर्जनात्मक सहयोग गर्न पनि संघलाई मन्त्री भट्टराईले अनुरोध गरेका छन्।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिईओ दिपकराज जोशी, नेपाल भ्रमण वर्ष-२०२० को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठलगायत सहभागी थिए। 

छलफलमा वायुसेवा सञ्चालकहरूले उड्डयन क्षेत्रको विकासमा आवश्यक पर्ने अवगत गराउँदै भ्रमण वर्षमा संघको सहयोग र सहभागिताको प्रतिबद्धता पनि जनाएको छ। 

वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सक्रिय भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले संघको तर्फबाट वायुसेवाहरूको समस्या र समाधानको बिषयमा सुझावसमेत दिएका छन्। भ्रमण वर्षको अवधिभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीहरूलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग संघको छ।

मन्त्री भट्टराईले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग भ्रमण वर्षको बिषयमा छलफल गरेका छन्।

१९ मंसिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरूसँग पनि आवश्यक छलफलको भएको मन्त्रालयको भनाइ छ। वायुसेवा सञ्चालक संघ नेपालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.