समाज

रूखले किचेर दुईजनाको मृत्यु, एक घाइते

फाइल तस्बिर
फागुन १३, २०७६

    बागलुङ : छुट्टाछुट्टै स्थानमा रूखले किचेर दुईजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। बागलुङमा सामुदायिक वनमा पुगेर घर बनाउनका लागि रूख ढाल्ने क्रममा सोही रूखले किचेर यहाँका एकजनाको मृत्यु भएको छ।

    बागलुङ नगरपालिका-७ तितौरेका ४६ वर्षका रत्नबहादुर कार्कीको मृत्यु भएको हो। मंगलँबार दिउसो उनी तितौरे सामुदायिक वनमा रूख ढाल्न गएका थिए।

    रूखले किचेपछि गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो। उनको अस्पताल ल्याइपुर्‍याउँदा दिउसो साँढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक हेमबहादुर केसीले जानकारी दिए।

    कार्कीसँगै रूख ढाल्न गएका ४२ वर्षीय पदम कार्की घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेकोले उपचार भइरहेको छ। अस्पताल श्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

    यसैबीच पर्वतको जलजला गाउँपालिका-८ नाङलीवाङका सुरज परियारको पनि मंगलबारै रूखले किचेर मृत्यु भएको छ। घरछेउमै रूख ढाल्ने क्रममा सोही रूखले परियारलाई किचेको थियो। उनको पनि मंगलबार दिउँसै उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो।

    अस्पताले उनको पनि मृत्यु भएको घोषणा गरेको थियो। परिवारका अनुसार परियारले रूख ढाल्ने क्रममा चलेको हावाका कारण विपरीत दिशामा ढल्न पुगेको थियो। सुरक्षित बन्न खोज्दाखोज्दै उनलाई रूखले किचेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]