|

लमजुङ : लकडाउनका कारण समस्यामा परेका विभिन्न जिल्लाका मजुदहरुलाई गृह जिल्ला पठाइएको छ। स्थानिय तहहरुको पहलमा विभिन्न स्थानमा अलपत्र परेका मजदुरलाई उनीहरुको गृह जिल्ला पठाइएको हो।

लकडाउन लम्बिँदै जादाँ खानबस्न समस्या भएपछि पैदल हिँडेर घर जाने तयारीमा रहेका मजदुरहरुलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था मिलाइएको स्थानीय तहहरुले वताएका छन्। मंगलबार र बुधबार गरी चार स्थानप्य तहले २३५ जनालाई गृह जिल्लामा पठाएका छन्। दोर्दी गाउँपालिका, सुन्दरबजार, राइनास र मध्येनेपाल नगरपालिकाले  सवारी साधनको व्यवस्थापन गरी उनीहरुलाई सम्बन्धित जिल्लामा पठाएका हुन्। उद्धार गरिएका मजदुरहरु सल्यान, दाङ, रुकुम नेपालगञ्ज, सुर्खेत लगायत जिल्लाका रहेका छन्।

सुन्दरवजार नगरपालिकाले मंगलबार साँझ ९६ जना मजुदरलाई गृह जिल्ला पठाएको छ। लकडाउनका कारण मध्यनेपाल र  सुन्दरवजारमा अलपत्र परेका उनीहरुलाई सुन्दवजार नगरपालिकाले दुईवटा नगरबसको व्यवस्था गरी सम्बन्धित जिल्लामा पठाएको सुन्दरबजारका प्रमुख प्रशासकीय अधिकृत चुढामणि गौतमले बताए।

यसैगरी राइनास नगरपालिकाले तार्कुघाटस्थित वीर भक्ति माध्यमिक विद्यालयको बसमा दाङ, रुकुम र सल्यानका ४२ जनालाई गृह जिल्ला पठाएको नगरप्रमुख सिंहबहादुर थापाले जानकारी दिए। बुधबारनै मध्यनेपाल नगरपालिकाले  २५ जनालाई सम्बन्धित जिल्लामा पठाएको छ। 

दोर्दी गाउँपालिकाले ७२ जना मजुदरलाई तीनवटा जिप र एउटा बसको व्यवस्था गरी उनिहरुलाई बुधबार गृह जिल्ला पठाइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए। उद्धार गरिएकाहरु उनीहरु रुकुम, कैलाली, वाँके र बार्दिया हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.