|

बोस्टन : अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका महेश पन्थीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।

उनको मंगलबार बिहान साढे नौ बजे निधन भएको हो। भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा २० दिनको उपचार असफल भई पन्थीको निधन भएको हो।

ललितपुर कुपण्डोलका नेपालमा रहँदा फ्रेन्डस क्लबबाट फुटबल खेल्ने गरेका थिए। उनको परिवारमा आमा, श्रीमती, छोरा र छोरीसँग छन्। उनको दाहसंस्कार आगामी शुक्रबारसम्ममा गरिने बताइएको छ।

न्युयोर्कबाहिर कोरोना संक्रमणबाट प्रभावित र निधन हुने नेपाली मूलका मानिस कमै छन्। नेपाली मुलका मानिसको संख्या अमेरिकाका ५० राज्यमध्ये सबैभन्दा धेरै पूर्वी तटीय राज्यहरूमा छ, जसमा न्यूयोर्क, म्यासच्युसेट्स, कनेटिकट, भर्जिनिया, राजधानी डिसीलगायतमा २५ प्रतिशतको बसोबास भएको अनुमान गरिन्छ। त्यसपछि सबैभन्दा धेरै टेक्सस, ओक्लहोमा, लुजियानालगायत राज्यहरूमा १५ प्रतिशत नेपाली छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.