काठमाडौं : सरकारले उच्च रक्तचाप कोभिड–१९ सँग सम्बन्धित रहेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको जोखिम समूहमा रहेका व्यक्तिहरू उच्च रक्तचापका बिरामीहरू पनि रहेको बताएका छन्।
आइतबार मे १७ तारिख अर्थात् विश्व उच्च रक्तचाप दिवसका अवसरमा उनले नर्सने रोगहरू विश्वमा बढिरहेका अवस्थामा उच्च रक्तचाप पनि एक भएको र यस रोगलाई नियन्त्रण गर्न समयमै ध्यान दिनुपर्नेमा जोड दिए।
आइतबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा उनले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न नियमित रूपमा रक्तचाप जाँच गर्न सुझावसमेत दिए। दिवसको यस वर्षको मूल नारा ‘आफ्नो रक्तचाप जाँच्नुहोस्, नियन्त्रण गर्नुहोस् र लामो समय बाँच्नुहोस्’ भन्ने तय गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।