रौतहट

  • रौतहटमा ३२ साउनसम्म निषेधाज्ञा

    रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार  (साउन २४) देखि ३२ गते सम्मको लागि रौतहट जिल्ला भरिमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ। छिमेकी जिल्ला बारा,सर्लाही र पर्सामा कोरोनाको संक्रमण बढेपछि बुधबार बसेको सुरक्षा समितिको बैठकले रौतहटमा पनि निषेधाज्ञा लागू गर्...

  • रौतहटमा वडा अध्यक्षको मृत्यु, कोरोना संक्रमण आशंका

    रौतहट : इशनाथ नगरपालिका-५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको निधन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले जानकारी दिएका छन्‌।​ स्वासप्रश्वा...

  • ट्रकमै सामूहिक बलात्कार ! स्थानीयले थाहा पाएपछि समातिए चालकसहित

    रौतहट : विजयपुर नगरपालिकामा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन्। बिहीबार बाराको पथलैयामा अलपत्र २१ वर्षीया  युवतीलाई घर लगिदिने बहानामा विजयपुर नगरपालिकाको बैरगनिया चोकमा ट्रकमा रहेकाले सामूहिक बलात्कार गरेका थिए  गरेका थिए।  फत...

  • रौतहटमा मल अभाव, साढे ७ सय पर्ने बाेरालाई २ हजारसम्म असुली

    रौतहट : जिल्लामा रासायनिक मलको चरम अभाव भएको छ। भर्खरै रोपेको धानमा युरियालगायत मल हाल्न नपाएकाले किसानहरु चिन्तित भएका छन्। समयमा मल हाल्न नपाएपछि जिल्लामा धान उत्पादनमा कमी आउने देखिएको छ।  ३ महिनायता जिल्लामा कतै पनि सहजै मलखाद पाइन नसकिएको किसा...

  • ग्यास सिलिण्डर र चुलो बाड्ने क्रममा रौतहटमा झडप, २ जना गम्भीर

    रौतहट : रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयलाई ग्यास चुलो र सिलिण्डर बाड्ने क्रममा दोहोरो झडप भएको छ। यमुनामाई गाउँपालिका-५ झुनखुनुवाचोकमा धुवाँमुक्त अभियानअन्तर्गत ग्यास चुलो र सिलिण्डर बाड्ने क्रममा दोहोरो झडप भएको हो।  झडपमा परेका २ जनाको अवस्था गम्भीर ...

  • नखुल्ने गरी बन्द भयो श्रीराम सुगर मिल, दुई अर्ब बढी घाटा

    रौतहट : व्यवस्थापन पक्षले घाटा भएको भन्दै गरुडास्थित श्रीराम सुगर मिल साउन ९ गतेबाट स्थायी रुपमै बन्द भएको छ। २०४९ सालमा स्थापना भएको सो मिल सञ्चालन गर्न नसकिने भन्दै व्यवस्थापन पक्षले साउन ११ गतेबाट विधिवत् रुपमा बन्द गरेको जनाएको छ।  गोल्छा समूहले सूचना ज...

  • काठमाडौं जान परीक्षण गरेका वडाध्यक्षमा कोरोना

    रौतहट : रौतहटको राजदेवी नगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ। संघीय काठमाडौं जान भनी पिसिआर परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको हो।  शनिबार करेन्ट लागेर उनै संक्रमित वडाध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो।  उनको श्रीमतीको अन्तिम ...

  • बाढीमा दाउरा झिक्न जाँदा बगेर बेपत्ता

    रौतहट : बाढीले बगाएर ल्याएका दाउरा निकाल्न जाने क्रममा लाल बकैया खोलाको बाढीले बगाउँदा एकजना बेपत्‍ता भएका छन्। बेपत्ता हुनेमा कटहरिया नगरपालिका-१ भसेडवा बस्ने वीरेन्द्र यादवका २५ वर्षीय छोरा बैजु यादव छन्। बाढीमा दाउरा टिप्न जाँदा उनलाई बाढीले बग...

  • प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगर सभा अन्योल

    रौतहट : कटहरिया नगरपालिका लगायत आठवटा स्थानीय तहले अझै पनि नगर सभा गर्न सकेका छैनन्। कटहरियामा एक महिनाको अवधिमा दुईजना प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगर सभा अन्योल भएको छ। असार ७ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्यामकुमार सिंह निलम्बनमा प...

  • रौतहटमा अब १७० मात्र संक्रमित, एक हजार बढीले जिते कोरोना

    रौतहट : देशमै सबैभन्दा बढी कोरोना संक्रमितको रुपमा परिचित रौहतटमा शनिबारसम्म १ हजारभन्दा बढी व्‍यक्ति कोरोना मुक्त भएर घर फर्किएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबारसम्म १ हजार २२ जना कोरोना मुक्त भएर घर फर्किएका हुन्। रौतहट...

  • रौतहटका दुई नगरपालिका सिल

    रौतहट : स्थानीय प्रशासनले रौतहटका बौधिमाई नगरपालिका र ईशनाथ नगपालिका सिल गरेको छ । बौधिमाई नगरपालिकाका दुई वडाध्यक्ष र दुईजना कार्यपालिका सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि आइतबारदेखि अर्को निर्णय नहुन्जेलसम्म सिल सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे...

  • रेबिज लागेको कुकुरले टोकेका गाईवस्तु मर्न थाले

    रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलामा रेविज रोगका कारण वस्तु मर्न थालेका छन्। २८ दिनअघि बहुलाहा कुकुरको टोकाइबाट रेबिज लागेका स्थानीय नारायण थापाका भैँसी, तेजा चौधरीको गाई र बेदबहादुर कार्कीको खसी मरेको हो ।   स्थानीय रामशर...

  • रौतहटमा क्‍वारेन्टाइन बाहिरका ३ जनामा संक्रमण, ७ सय १५ डिस्चार्ज

    रौतहट : हालसम्म रौतहटमा क्वारेन्टाइनभित्र रहेकाहरुमा मात्रै कोरोना भाइरस संक्रमित हुँदै आएकोमा बिहीबार क्वारेन्टिन बाहिर बस्नेहरुमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ। रौतहटमा बिहीबार थपिएका ३८ संक्रमितमध्ये तीनजना क्वारेन्टिन बाहिरका हुन्। गौर नगरपालिका वडा नं. ५ का...

  • रौतहटका १८ पालिका मध्ये १० वटा स्थानिय तहले मात्रै सार्वजनिक गरे आय व्यय

    चन्द्रपुर : रौतहटको १८ स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहले  निती कार्यक्रमको साथै आर्थिक वर्ष २०७७/७८ को बजेट पालिका स्तरीय अधिवेशनबाट सार्वजनिक गरेका छन्। स्थानीय सरकार संचालन ऐन अनुसार असार १० गते भित्र अगामी आर्थिक वर्षको निती कार्यक्रम तथा बजेट प्रस्त...

  • १० वर्षअघि बसमा बम पड्काएर भाग्‍नेमध्ये २ जना पक्राउ

    रौतहट : करिब १० वर्षअघि यात्रुबाहक बसमा बम पडकाएर फरार रहेकाहरूमध्ये २ जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट गएको टोलीले बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुईजना अभियुक्तलाई इशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो।...

  • सबैभन्दा धेरै संक्रमित भएको रौतहटमा क्‍वारेन्टाइनमा बस्‍ने ह्‍वात्तै घटे

    रौतहट : नेपालमै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका रौतहटमा केही दिनयता क्‍वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै घटेको छ। कुनै समय ८ हजारभन्दा बढी नागरिक क्‍वारेन्टाइनमा बस्दै आएका थिए। अहिले भने १ हजार ९ सय १६ जना मात्र रहेका जिल्ला प्रशासन कार्यालय...

  • रौतहटमा मात्रै कोरोना संक्रमित १ हजार नाघे

    रौतहट : रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ। बुधबार मात्रै १ सय २५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख महेश साहले जानकारी दिएका छन्।  योसँगै रौतहटमा संक्रमितको संख्या १ हजार ८६ पुगेको हो। जिल्लामा सबैभन्दा...

  • रौतहटमै कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

    रौतहट : रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ। बुधबार मात्रै १ सय २५ जनामा कोरोना पोजेटिभ रिर्पोट आएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन्।  योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार ४६ पुगेको कार्यालय प्...

  • मंगलबार रौतहटका १ सय ३७ जनाले जिते कोरोना

    रौतहट : हालसम्म रौतहटमा कोरो २ सय ४७ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। मंगलबार मात्रै १ सय ३७ जनाले कोरोनालाई जितेका छन्।राजपुर नगरपालिकाबाट आज ७६ जना संक्रमित उपचारपछि निको भएर फर्किएका नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र झाले जानक...

  • रौतहटमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो

    रौतहट : रौतहटमा एकै दिन ९२ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ। योसंगै रौतहटमा कोरोना संक्रमितको संख्या ७ सय १४ पुगेको  छ।  शनिबार परोहा नगरपालिकामा ५२, इशनाथ नगरपालिकामा २३, राजपुर नगरपालिकामा १२ र देवाही गुनाही नगरपालिकामा ५ जनामा को...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]