काठमाडौँ : नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गर...
'आइएनजिओका पैसा खाएर हालेको मुद्दा हारे पनि मभित्रको लेखक डगमगाउँदैन'
काठमाडौं : उपन्यासमा लेखिएको विषयलाई लिएर साहित्यकार सरस्वती प्रतिक्षाविरुद्ध प्रहरीमा उजुरी परेको छ।
सरस्वतीले लेखेको उपन्यास 'नथिया'मा वादी समुदायको अपमान भएको भन्दै दाङकी रञ्जिता नेपालीले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी हालेकी हुन्। उजुरीकर्ता नेपालीले साहित्यकार सरस्वतीले लेखेको उपन्यासमा जातीय भेदभाव भएको पनि उल्लेख गरेकी छन्।
उक्त उपन्यासले जातीय भेदभाव तथा छुवाछुत, छापाखाना र प्रकाशनसम्बन्धी कानुन उलंघन गरेको भन्दै उजुरी हालेकी हुन्। उपन्यासमा वादी समुदायको आत्मसम्मानमा ठेस पुग्ने शब्द लेखेको, वादी समुदायको चरित्र हत्या गरेको भन्दै क्षतिपूर्तिसहित कारबाहीको माग गरिएको छट।
प्रहरीमा उजुरी परेपछि छलफलका लागि आउन प्रहरीले बोलाएको भए पनि हालसम्म प्रहरीमा लेखिका नआएको प्रहरीले जनाएको छ।
यता, सरस्वतीले भने आफूमाथि परेको उजुरीका विषयमा सामाजिक संजाल फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गरेकी छन्। उनले आफूलाई मुद्दाहरूबाट भन्दा पनि पाठकहरूसँग डर लाग्ने लेखेकी छन्। उनले उजुरीकर्तालाई लक्षित गरेर 'विदेशी संस्थाको केही लाख रुपैयाँ खाएर काठमाडौंमा मासुभात खाएर केही सीमित व्यक्तिहरूले हालेको मुद्दा मैले हारे पनि, जिते पनि मभित्रको लेखक कहिल्यै डगमगाउदैन।' लेखेकी छन्।
उनले लेखेको फेसबुक स्टायटस यस्तो छ:
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।