दाङ : दाङमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ। घोराही उपमहानगरपालिका-१० पहलेपारकी ५० वर्षीया जुपली बुढा र सुर्खेत वीर...
रुकुम : जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका-११ का वडा अध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गरेका छन्।
निर्माणाधीन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडा अध्यक्षले जयपुरालाई कुटपिट गरेको बताइएको छ। वडाध्यक्षले आफूमाथि मोटरसाइकलको हेल्मेट प्रहार गरेको र ढुंगा भएको ठाउँमा धकेलीदिएको पीडित जयपुराले बताइन्। कुटपिटले शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको छ।
अहिले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनी महिला विकास कार्यालयले गठन गरेको तत्कालीन पारालिगल समितिका सदस्यसमेत हुन्। आफूमाथि कुटपिट भएपछि बुढाले इलाका प्रहरी कार्यालयमा उजुरी दिइकी थिइन। तर इलाका प्रहरी कार्यालयमा वडा अध्यक्षले छलफल गर्न नमानेपछि उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन्। यस घटनाबारे आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।