काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
ताप्लेजुङ : यातायात साधन गुड्दा र हावा चल्न थाल्दा धुलोले आकाश नै छोपिएजस्तो हुन्छ। त्यही उडेको धूलोले शरीर भरिन्छ। हिंड्दा खुट्टा डमडम भासिन्छ। यस्तैमा दिनभरि भिडिरहन्छन् मजदुरहरू।
कसैको मुखमा माक्स छ त धेरैकोमा छैन। दिनभरि काम गरेका मजदुरलाई साँझमा नुहाउन नसके सुत्नै कठिन हुन्छ। सडक मजदुरका लागि धूलो स्वास्थ्य चुनौती बनेको छ। बहानन्दे दोभान सडक खण्डमा काम गर्ने सन्देश लिम्बूले भने, ‘मुखमा पस्ने धूलोले त कहिले सास फेर्नै कठिन होलाजस्तो हुन्छ।’ बसेको डेरादेखि काम गर्ने ठाउँसम्म धुलो नभएको कतै छैन।’ निर्माण कार्यमा सक्रिय मजदुरका लागि धूलो कठिन चुनौती बनेको छ।
१० वर्षदेखि देशका विभिन्न ठाउँ पुगेर सडकमा काम गरेको बताउने रामकुमार मगर पहिला धुलोको समस्या नहुने बताए। ‘पाँच वर्ष अघिसम्म पनि मैले खासै महसुस गरिनँ। पछिल्ला वर्ष भने सडकमा कामै गर्न नसकिने हो कि जस्तो भएको छ’, उनले भने, 'कहिलेकाहिँ त यसरी काम गरिरहँदा कति दिन बाँचिएलाजस्तो हुन्छ।’ अत्याधिक धुलो उड्न थालेपछि त दिउँसोको कामलाई बिहान नै गर्ने उनीहरूले साेच बनाएका छन्। घाम लाग्ने ठाउँको पहिचान गरेर बिहान ५ देखि ११ बजेसम्म काम गर्ने दिउँसो ३ बजेपछि फेरि काममा फर्कने सोँच वनाएको मगरले बताए।
सामान्यतया धूलो उड्ने नै भए पनि यसरी समय मिलाउँदा दिउँसोजस्तो ठूलै धूलोको सामना गर्नु नपर्ने उनीहरूको भनाई छ। ठूला सडक आयोजनाले पानीले भिजाइरहने भए पनि सानामा यस्तो बजेट हुँदैन। धूलोको मात्रा बढ्दै जाँदा अहिले ठूला आयोजनामा पनि पुर्याउन नसकिएको मजदुरहरू बताउँछन्। सामान्य वर्षा पनि नहुँदा र पानी छिट्ने व्यवस्था गर्न नसक्दा मजदुरहरू प्रभावित भएका छन्।
मजदुर मात्र हाेइन सडक आसपासका बासिन्दा पनि यस्को चपेटामा परेका छन्। घरै छेऊमा भएको सडकमा सवारी साधन आवतजावत गर्दा धुलोले घरै छोप्ने फुङ्लिङ नगरपालिका ३ केनिमका पूर्णवहादुर पालुंवा बताउँछन्। धुलोले कपडा धोएर सुकाए पनि कपडा सुक्न नपाई धुलोले खाने पालुंवाको भनाई छ। 'धुलो ले खपिसक्नु छैन। खाना खानै लाग्यो रोड (सडक) मा गाडी हुइँकिन्छ। सवै धुलो जति घरभित्र पस्छ', पालुंवाले भने, 'हतार हतार खाना छोप्नु पर्छ। नत्र सवै खानामा पस्छ।'
हिउँदको समयमा धुलाम्मे सडकका कारण पशुहरुलाई खुवाउने घाँसमा पनि धुलो टाँसिने भएकाले गाइवस्तुले मन लगाएस घाँस नखाने सिम्लेका पशुपालक हरि पौडेलले वताए। 'हिउँदभरि गाइवस्तुलाई डालेघाँस (रुखको घाँस) खुवाउनु पर्छ। सवै धुलोले छोपेको हुन्छ', पौडेलले भने, 'काटेर ल्याएर दियो मन लगाएर खाँदैनन्' वर्षौदेखि यस्तै छ अव कहिलेसम्म हो थाहा छैन।'
सडकको धुलोले बालवालिका र वृद्धवृद्धालाई बढी असर गरेको उनको भनाई छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।