समाज

मौरीपालक किसानलाई तालिम

फागुन २४, २०७५

    चितवन : महको उत्पादन र गुणस्तर वृद्धि गर्न चितवनका मौरीपालक किसानहरुलाई तालीम दिइएको छ। व्यवसायिक रुपमा गुणस्तरीय मह उत्पादन गर्न मह उत्पादन प्रशोधन प्रविधि प्रदर्शन तथा स्थलगत ३ दिने तालिम प्रदान गरिएको हो।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई (मौरी जोन) चितवनले आयोजना गरेको सो तालीममा २१ जना मौरीपालक किसानको सहभागिता रहेको थियो।

    पछिल्लो समय महको गुणस्तरमा गुनासा आएपछि किसानलाई तालीम दिनुपरेको मौरी जोन इकाई कार्यालयका प्रमुख मेघनाथ तिमल्सीनाले बताए। 'चितवन महका लागि मुलुकमै अग्रणी छ, प्रमुख तिमल्सेनाले भने, तर पनि यहाँको महमा पछिल्लो समय गुणस्तरमा केही समस्या आएपछि मह उत्पादनमा संलग्न किसानलाई प्रशिक्षित गराई गुणस्तर वृद्धि र किसान अब्बल बनाउन तालिम दिइएको हो।'

    तालिममा मौरी विज्ञ प्रोफेसर डा. खेमराज न्यौपाने र नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष धुव्रतारा लामिछानेले सहजीकरण गरेका थिए। तालिममा गुणस्रीय मह उत्पादनको अवसर, चुनौती, मह प्रशोधन, लेबलिङ्ग, प्याकेजिङ्गलाई मुख्य आधार मानेर प्रशिक्षण दिइएको थियो।

    तालिममा सहभगीहरुले तालीम व्यावहारिक भएकाले आफुहरुले धेरै कुरा सिकेको बताए। खैरहनी ४ की मनु गुरुङ्गले आफुहरुले महको प्रशोधन घरायसी विधि भन्दा व्यवसायिक रुपमा गरे धेरै आम्दानीसगैँ आफ्नै व्राण्ड बनाउन सक्ने भएको बताइन्। यस्तै, कालिका नगरपालिमा व्यावसायिक मौरीपालन गर्दै आएका विकास नेपालले पनि मह उत्पादन गरे पनि प्रशोधन गर्दा सामान्य कुरामा ख्याल नगर्दा ठुलो घाटा व्यहोरीरहेको बताए। उनले आगामि दिनमा महको गुणस्तर वृद्धि तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाएका थिए।

    तालिमको अवसरमा चेपाङ्ग सुमदायहरुले सञ्चालक गरेको जनचेतना साना किसान कृषि सहकारी अन्र्तगत सञ्चालित मह संकलन तथा प्रशोधन केन्द्रको अवलोकन पनि गरिएको थियो। तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको प्राविधिक सहयोग थियो। मह उत्पादनको राजधनीका रुपमा परिचित चितवनमा बार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको जनाइएको छ। जिल्लामा २० हजार घारमार्फत किसानहरु मौरी पालनमा सहभागी हुँदै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]