बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका ७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन्। मङ्गलबार साँझ ७ : १५ बजे आइते रावतको घरमा चट्या...
बाजुरा : कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा बिहीबारदेखि यातायात सञ्चालन गरिने भएको छ।
जिल्लाको महत्त्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाजुरा खण्डमा यातायात सञ्चालनमा ल्याइने भएपछि स्थानीयवासीमा उत्साह छाएको छ। बाजुरासँगै छिमेकी जिल्ला हुम्ला र मुगुका नागरिकलाई पनि उक्त सडकखण्डले सहज बनाउने भएको छ। नेपाली सेनाले निर्माण गरिरहेको २८५ किलोमिटर लामो सो करिडोर निर्माण गरिरहेकको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।