|

काठमाडौँ : बसको ठक्करबाट नुवाकोटमा मोटरसाइकलमा यात्रा गरिरहेका २ जना विद्यार्थीको मृत्यु भएको छ।

बेलकोटगढी-८ र विदुर नगरपालिका-३ जोड्ने त्रिशूली खोला नयाँ पुलमा बसको ठक्करबाट उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा २६ वर्षीय स्वीकार राना र २७ वर्षीय रुबिन रावल छन्। 

दुईवटा मोटरसाइकल बसमा ठोक्किएका थिए।

कक्षा १२ को परीक्षा सकेर काठमाडौँबाट घुम्न आएका विद्यार्थीको मृत्यु भएको विदुर-३ का वडाध्यक्ष बद्री रिमालले जानकारी दिए।

एकजनाको घटनास्थलमा मृत्यु भएको थियो भने अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। अन्य २ जना घाइतेलाई अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.