काठमाडौँ : बसको ठक्करबाट नुवाकोटमा मोटरसाइकलमा यात्रा गरिरहेका २ जना विद्यार्थीको मृत्यु भएको छ। बेलकोटगढी-८ र विदुर नगरपालिका-३ जोड्ने...
संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका कार्यालय परिषरमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। गाउँपालिका कार्यालयमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु डिस्पोज अझै भएको छैन।
भोटखोला गाउँपालिका-३ हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागीको घटना शंकास्पद भएको छ। आगो आफैँ लागेको हो वा अज्ञात समूहले लगाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार राति आगोलागीपछि कार्यालयका सम्पूर्ण कागजात, फर्निचर, ग्यास सिलिन्डर लगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए।
कार्यालय परिषरमा भेटिएको वस्तु डिस्पोज गर्ने सेनाको टोली घटनास्थल पुगे पनि सोमबार मात्र डिस्पोजल हुने प्रहरीले जनाएको छ। केही महिनाअघि पनि भोटखोलाको वडा नम्बर ३ को वडा कार्यालय तोडफोड भएको थियो। गाउँपालिका कार्यालय सदरमुकाम खाँदबारीबाट करिब एक सय किलोमिटर दूरीमा पर्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।