सुर्खेत : कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा दुईदिने युवा वैज्ञानिक सम्मेलन समापन भएक...
पाँच महिना तेस्रो पटक समस्या
एजेन्सी : विश्वकै सबैभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुक बुधबार नौघण्टासम्म डाउन भयो। नेपाल, भारत, बेलायत र अमेरिकासहित कयौँ देशमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप साढे नौ घण्टासम्म डाउन भएका हुन्।
फेसबुकले बिहीबार बिहान ५ बजेर ३६ मिनेटमा ट्विट गर्दै भनेको छ, 'केही मानिसले हाम्रो प्लेटफर्म र एपबाट फोटो पठाउन र भिडियो अपलोड गर्न समस्या भएको बताएका थिए। यस समस्यालाई ठीक गरिएको छ। हामी यो असुविधाका लागि माफी माग्छौँ। बुधवार राति सवा ८ बजेदेखि तीनै प्लेटफर्म ठप्प जस्तै थिए।
We’re aware that some people are having trouble uploading or sending images, videos and other files on our apps. We're sorry for the trouble and are working to get things back to normal as quickly as possible. #facebookdown
— Facebook (@facebook) July 3, 2019
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम डाउन हुँदा विश्वभरका ४ अर्ब ४ करोड प्रयोगकर्तालाई समस्या भयो। तर यही समयमा ट्विटरमा भने कुनै समस्या थिए। त्यहीकारण धेरै प्रयोगकर्ताले ट्विटरबाट आफ्नो गुनासो फेसबुकलाई गरेका थिए।
फेसबुकले राति १० बजे ट्वीट गर्दै भन्यो- हामीलाई यस समस्याको जानकारी छ। हामी चाँडै नै यो समस्या सुल्झाउन लागिरहेका छौँ। पछिल्लो पाँच महिनामा यस्तो तेस्रो पटक तीनै सामाजिक सञ्जालमा यस्तो भएको हो। यसअघि मार्च र अप्रिल १९ मा पनि यस्तै समस्या आएको थियो।
प्रावधिक समस्यालाई ट्रयाक गर्ने वेबसाइट डाउनडिटेक्टरका सह-संस्थापक टम सेन्डर्सका अनुसार सन् २०१२ मा जब डाउनडिटेक्टर लन्च भयो, तब तब यस किसिमको समस्या आएको थियो। तर अहिले समयको कुरा सबैभन्दा महत्वपूर्ण भएको छ। हाम्रो सिस्टममा हेर्दा फेसबुकलाई ७५ लाखवटा गुनासो आइसकेको छ।'
We’re aware that some people are having trouble uploading or sending images and videos on Instagram. We're sorry for the trouble and are working to get things back to normal as quickly as possible. #instagramdown
— Instagram (@instagram) July 3, 2019
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।