त्रिशूली : नुवाकोटको प्रशिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ। जीवित भगवानको रुपमा धामी एवं भैरवीदेवी मन्दि...
दार्चुला : जिल्लाको दल्लेक प्रहरी चौकीले ३ किलो ८ सय ग्राम चरेसहित बुधबार राति २४ वर्षीय युवकलाई पक्राउ गरेको छ।
जिल्लाको मार्मा क्षेत्रबाट मोटर साइकलमा सवार युवकले चरेस खलंगा ल्याउँदै गरेको सुराकीका आधारमा नौगाड गाउँपालिका २ मा रहेको प्रहरी चौकीले सोही गाउँपालिका ६ बस्ने रमेश ठगुन्नालाई पक्राउ गरेको हो।
निरीक्षक हिम्मतबहादुर बोहराको नेतृत्वमा परिचालन गरिएकाे सर्च अभियानका क्रममा बुधवार राति ११ बजे ठगुन्नालाई पक्राउ गरिएकाे हाे। पक्राउ परेका ठगुन्नालाई जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि ५ दिनको म्याद थपेर पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए। प्रहरीले रमेश सवार म १ प २४८४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
चरेस मार्मा क्षेत्रबाट सदरमुकाम ल्याइँदै गरेको खुल्न आए पनि सदरमुकाम कै व्यापारीलाई बेच्न हो वा यो क्षेत्र भएर भारत वा तिब्बती क्षेत्रसम्म पुर्याउन ओसार-पसार गरिएको प्रहरीको भनाई छ।
‘परिणाम हेर्दा व्यापारिक उद्देश्य देखिन्छ। तर कहाँबाट ल्याएर कहाँ लैजान लागिएको हो भन्ने वारेमा अनुसन्धान नगरी भन्न सकिँदैन।’ प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले भने। नियन्त्रणमा लिइएको चरेस जिल्ला अदालतको रहोवरमा १५ दिनभित्र नष्ट गरिने र रमेशलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारवाही हुने प्रहरी निरीक्षक बोहराले जानकारी दिए।
जिल्लालाई आखेटोपहार तथा वन्यजन्तु ओसार-पसारको त्रिदेशी ट्रान्जिट प्वाइन्टका रुपमा लिइँदै आएको भए पनि चरेसको ओसार-पसार कहाँसम्म हुने भन्नेबारे अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरीको भनाई छ।
गतवर्ष मात्रै चरेससहित महाकाली नगरपालिका ३ का बलदेवसिंह महर सिमावर्ती भारतीय क्षेत्र धारचुलाबाट पक्राउ परेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।