|

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले उपाधि रक्षा अभियानलाई बलियो बनाउँदै लगेको छ। 

एक खेल कम खेलेको सिटीको  शीर्ष स्थानको आर्सनलभन्दा १ ल कम छ।  साबिक विजेता सिटीले गएरति भएको खेलमा ब्राइटनलाई ४–० ले हराउँदै उपाधि रक्षाको दाबेदारी बलियो बनाउँदै लगेको हो। 

सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको सिटीले खेलको १७ औं मिनेटमै केभिन डि ब्रएनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमै ३ गोलको अग्रता बनाउने क्रममा फिल फोडेनले २ गोल गरे। २६ औं मिनेटमा पहिलो गोल गरेका फोडेनले बर्नान्डो सिल्भाको पासलाई ३४ औं मिनेटमा सदुपयोग गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि रह्यो।

फोडेन एमेक्समा पहिलो गोल गरेसँगै सिटीका लागि इंग्लिस प्रिमियर लिगमा ५० गोल पूरा गर्ने १० औं खेलाडी बने। 

दोस्रो हाफमासिटीले खेलको ६२ औं मिनेटमा ४–० को अग्रता बनाएको थियो। सिटीका लागि चौंथो गोल अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले गरेका थिए। जितसँगै सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो।

जारी लिगमा ३४ खेलबाट आर्सनल ७७ अंकका साथ शीर्ष स्थानमा रहेको छ। एक खेल कम खेलेको सिटी ३३ खेलबाट ७६ अंकका साथ दोस्रो तथा ३४ खेलनै खेलेको लिभरपुल ७४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। 

६६ अंकका साथ एस्टन भिल्ला चौंथो स्थानमा रहँदा टोटेनह्याम ६० अंकका साथ पाँचौं र म्यानचेस्टर युनाइटेड ५३ अंकका साथ छैटौं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.