|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लुरुले गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ।

बैंगलुरुको बएम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९ दशमलव ३ ओभरमा १४७ रनमा अलआउट भयो।​ बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३ दशमलव ४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो।​ 

बैंग्लोरका लागि फाफ डु प्लेसिसले ६४ रन बनाए। विराट कोहलीले ४२ रन बनाए । दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे। दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहे।​ विलज्याक्स, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

बलिङतर्फ गुजरातका जोश लिटलले ४ विकेट लिए। नुर अहमदले २ विकेट हात पारे।

त्यसअघि ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि राहुल तेबतियाले ३५, डेभिड मिलरले ३० र एम शाहरुख खानले ३७ रन बनाए। बलिङतर्फ २९ रन खर्चेर २ विकेट लिएका मोहम्मद सिराज प्लेअर अफ द म्याच बने।

जितसँगै बैंग्लुरुको ८ अंक भएको छ। र, प्लेअफ सम्भावना कायमै छ।

प्रतियोगिता अन्तरगत आज दुई खेल हुनेछन्। पहिलो खेल दिउसो सवा ३ बजे पञ्जाव किङ्स र चेन्नई सुपरकिङ्स आमने सामने हुँदा राति पौने ८ बजे लखनऊ सुपर जायन्ट र कोलकता नाइट राइडस् भिड्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.