|

काठमाडौँ : गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बहुमत पाएको घोषणा गरेका छन्। मुख्यमन्त्रीले बहुमत नपाए पनि सभामुखले विश्वासको मत पाएको घोषणा गरेका हुन्।

मुख्यमन्त्री अधिकारीले आज संसद्‌मा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३०, विपक्षमा २७ र तटस्थमा २ मत परेको छ। ६० सदस्यीय प्रदेशसभामा बहुमत हुन ३१ सदस्य हुन्छ तर सर्वोच्च अदालतको आदेश देखाएर सभामुख धितालले ३० जना हुँदा बहुमत पुगेको घोषणा गरेका हुन्।

६० सदस्यीय प्रदेशसभामा बहुमत हुनलाई ३१ मत आउनुपर्नेमा ३० मतलाई नै बहुमत घोषणा गरेपछि विवाद चर्किएको छ। त्यसको विरोधमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्यले नाराबाजी गरिरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.