गुल्मी : गुल्मीमा विद्युतको तारबाट खरबारीमा सल्केको आगो फैलिँदा एउटा घर जलेर नष्ट भएको छ। जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर-५ निवास...
काठमाडौं : महागरीय अपराध महाशाखाले चोरीमा संलग्न दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका-२३ झोँसेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्चेन्जमा पैसा साट्ने बहाना चोरीमा संलग्न पाकिस्तानका ३२ वर्षीय मोहसीन खान र ३१ वर्षीय पूजा मोहसीन खानलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले रकम साट्ने बहानामा ९०० अमेरिकन डलर, तीन हजार साउदी रियाल र एक हजार ४०० चिनियाँ आरएमभी चोरी गरेर फरार रहेकाले उनीहरुलाई पक्राउ गरिएको बताए।
पक्राउ परेकाले वैशाखमा भक्तपुर सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आरके इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरबाट ३० हजार नेपाली, लोकन्थलीमा शान्तकृष्ण हेकाको मासु पसलबाट ७० हजार र बुटवलमा शारदा वाग्लेको राइजिङ स्पोर्टसबाट एक लाख ५० हजार चोरी गरेका थिए ।
दुवै जनालाई वैशाखमा महाशाखाको टोलीले पक्राउ गरी रु ५०÷५० हजार धरौटीमा छुटेका व्यक्ति भएको महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।