दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको छ। कार्यालयमा सेवा लिन आउने सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै...
काठमाडौं : चिकित्सा शिक्षा सुधारका बिभिन्न माग राखेर अनसन बस्ने तयारीमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले आफु प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको वार्तामा नजाने बताएका छन्।
शिक्षण अस्पतालमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफुलाई बेबकुफ बनाउन मात्र बार्तामा बोलाएकाले नगएको स्पष्टीकरण दिएका छन्। 'त्यहाँ के हुँदैछ भन्ने मलाई थाहा छ म शक्ति सञ्चयका लागि यतै बसेको हुँ' उनले भनेका छन्।
केसीले वार्ताका लागि प्रतिनिधि भने पठाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अनसन बस्ने तयारीमा रहेका केसीलाई आइतबार बार्तामा बोलाएका थिए। केसीले आइतबार नै ४ बजेपछि अनसन बस्ने बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।