|

काठमाडौँ : सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्य र नेपाल एपीएफ अस्पतालको सहयोगमा एनआर कलेजको पूर्वविद्यार्थी समाजले काठमाडौँको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा बैशाख १७ गते एकदिने रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।

कलेज समुदाय सहकार्य कार्यक्रमअन्तर्गत संचालित स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य परीक्षण, स्त्री रोग, बाल रोग, आँखा, थाइराइड, ईएनटीलगायत रोगहरुको निःशुल्क परीक्षण गरिएको थियो।

शिविरमा महिला, बालबालिका र वृद्धवृद्धा गरी कुल २६४ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै ४१ जनाले रक्तदान गरेका थिए। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललगायत संघका पदाधिकारी, स्थानीय भद्रभलादमी, एनआर कलेजका शिक्षक तथा पूर्वविद्यार्थी र स्थानीयहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.