गुल्मी : गुल्मीमा विद्युतको तारबाट खरबारीमा सल्केको आगो फैलिँदा एउटा घर जलेर नष्ट भएको छ। जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर-५ निवास...
काठमाडौं : काठमाडौं महानगरपालिकाले नारा ‘एक वडा एक पार्क’ निर्माणलाई तिब्र गतिमा अगाडि बढाएको छ।
हाल कामपाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेका कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार केही पार्क निर्माण भइसकेका छन् भने केही निर्माण हुने प्रक्रियामा रहेका छन्। निर्माणको प्रक्रियामा रहेका पार्क पनि यही असार २५ गतेसम्ममा सम्पन्न भइसक्ने छन्। ३५ वटै वडामा पार्क बनाउने महानगरपालिकाको तयारी रहेको छ। पार्क निर्माण गरिएका स्थानमा हरियाली बनाउनका लागि विभिन्न किसिमका फूल रोपिएको छ।
यसैबीच १८ औं सार्क शिखर सम्मेलनको समयमा त्रिपुरेश्वर, थापाथली, माइतीघर, सुन्धारा, कालीमाटी, टेकु लगायतका स्थानमा रोपिएको सातसय बिरुवा नष्ट भएको महानगरपालिकाले जनाएको छ। ती ठाउँमा फेरि विरुद्ध रोप्ने र उखेलिएका र भाँचिएका विरुवाहरुलाई संरक्षण गर्ने महानगरपालिकाले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।