|

म्याग्दी : म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण अन्नपूर्ण गाउँपालिका–३ दानको रुप्से झरनाको माथिबाटपहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद जानकारी दिए। मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ। 

यस्तै, सडक खण्डको गलेश्वरपारि घुमाउने तालदेखि नै हिलाम्य सडकका कारण साना तथा ठूला सवारी साधन आवतजावतमा समस्या भइरहेको स्थानीयले बताएका छन्। सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर, ब्रेकर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सवारी साधन हिलोमा नै घण्टौंसम्म फस्ने गरेका छन्।

उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा जोखिम रहेकाले सतर्कता उपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ। मुस्ताङ जोड्ने सडक रघुगंगा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिकाको गुइँठे, रुप्से झरना, खामाभित्ताको द्वारी खोला र काभ्रेभीरमा धेरै समस्या रहेको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडक खण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.