|

मनाङ : जिल्लाको नासो गाउँपालिका-४  ओडार गाउँका महिलाहरूले आयआर्जनका लागि सामूहिक तरकारी खेतीमा रमाउन थालेका छन्।  गाउँमा रहेका महिलाहरुको समूह बनाई दुई वर्षदेखि आलु काउली बन्दा जस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन्।

गाउँमा होमस्टे सञ्‍चालनसँगै सामूहिक तरकारी खेती गर्दै आएका यी महिलाहरुले उत्पादन गरेको तरकारी आफ्नै गाउँमा खपत हुँदै अएको छ। आलुखेती मनाङ जिल्लाकै प्रमुख बालीको रुपमा चिनिन्‍छ। यहाँ आउने पाहुनाको मुख्य रोजाइमा पर्ने खाना पनि यही हो। सामूहिक तरकारी खेतीबाट आत्मनिर्भर मात्र नभई आयर्जनसमेत हुने गरेको समूहकी सदस्य बेलकासी गुरुङले बताइन्।

१० हजार अनुदानबाट सुरु

सुरुमा जिल्ला कृषि कार्यालय चामेबाट १० हजार अनुदानबाट सुरु भएको यस समूहको सामूहिक तरकारी खेतीले हाल लाखौँ आम्दानी गर्न सफल भएको छ। यहाँ उत्पादन भएका आलु काउली जिल्लाका ठूला होटलदेखि बाहिरी जिल्लामा समेत निर्यात हुन  थालेका छन्।

यसरी आएको रकम समूहमा जम्मा गरी गाउँको सरसफाइदेखि बाटाघाटा मर्मत गर्ने गरेको समूहकी अर्की सदस्य सूर्यकासी गुरुङले बताइन्।

समूह बचत गरी सुरुवात गरेका यी महिलाले गाउँमै उदारणीय काम गरेका छन्। एक्लै काम गर्न कठिन हुने र समूहमा मिलेर गर्दा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने महिलाहरूको अनुभव छ।

महिला समूहको सामूहिक तरकारी खेतीको आम्दानले गाउँको विकासमा समेत टेवा पुर्‍याउँदैको समूहकी अध्यक्ष  उर्मिला गुरुङले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.