काठमाडौं : कोरोना भाइरसको महामारी बढेसँगै नेपालमा पनि मास्कको प्रयोग बढेको छ। सामान्य र सर्जिकल मास्क दुवैको बिक्री र प्रयोग बढेको हो। भाइरसबाट बच्ने सर्वोत्कृष्ट उपाय भनेको बारम्बार हात धुने, अनुहार नछुने र बिरामी भएकाहरूसँग नजिक नपर्ने बताइएको छ।
तर, प्रयोग गरिसकेको मास्क, ग्लोभ्स, स्यानीटाइजर, पिपिईलगायतका सामग्रीहरूको उचित व्यवस्थापन नहुँदा रोगको जोखिम झन् बढी हुने गर्छ।
हिजोआज काठमाडौंलगायतका सडक गल्ली र चोक-चोकमा प्रयोग गरेर यत्रतत्र फालिएका मास्कलगायत विभिन्न सामग्रीहरू देखिने गरेका छन्।
किन्न पैसा नहुने तथा पैसा भए पनि किन्न नपाइने हुनाले गाउँघरमा खासै मास्कको प्रगोग हुने गरेको पाइँदैन। शहरमा भने यसको महत्व बुझेर प्राय सबैले लगाउने गरेका छन्। प्रयोग गरिसकेको मास्क तथा अन्य सामग्रीहरूको उचित व्यवस्थापन हुनुपर्नेमा सरोकारवाला निकायको ध्यान जानुपर्ने देखिन्छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।