|

दाङ :नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई प्रहरीले पुनः पक्राउ गरेको छ। संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार दाङ देउखुरी जिल्ला अदालतमा १५ हजार धरौटी बुझाएर रिहा भएका चन्दलाई प्रहरीले पुन ः पक्राउ गरेको हो । 

उनलाई प्रहरीले संगठित अपराधसम्बन्धी मुद्दामा पुन काभ्रे जिल्ला पठाएको छ। पक्राउ परेका चन्दलाई राज्य विरुद्धको सांगठिक अपराधमा काभ्रे जिल्लामा मुद्दा भएकाले प्रहरीले पक्राउ गरेको बताइएको छ।अदालतबाट रिहा भएका चन्दले पक्राउ पर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले एउटै व्यक्तिलाई ठाउँ– ठाउँमा एकै किसिमको मुद्दा लगाएर काननु  उल्लघन गर्ने काम गरेको आरोप लगाए। 

चन्द गएको असोज ३० गते राति नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेठाबाट पक्राउ परेका थिए। राप्ती ब्युरोका बैठकबाट चन्दसहित विप्लव नेकपाका २१ जना नेता तथा कार्यकर्ता पक्राउ परेका थिए । पक्राउ परेका अन्य भने रिहा भइसकेका छन् ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.