घाइतेको उपचार खर्च पनि व्यहोर्ने
घाइतेको उपचार खर्च पनि व्यहोर्ने
जनकपुरधाम : प्रदेश २ सरकारले बारामा चट्याङ लागेर मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग र घाइतेलाई उपचार खर्च दिने भएको छ।
चट्याङ लागेर बारामा चार जनाको मृत्यु र सात जना घाईते भएको परिवारलाई सहयोग गर्ने भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए। उनका अनुसार मृतकका परिवारलाई १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्ने र घाइतेको सबैको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ।
बिहीबार बिहान पानीसँगै परेको चट्याङ लागेर बाराको फेटा गाउँपालिका १ त्रिवेनीकी ३० वर्षीया सिन्दु देवी र ४० वर्षीया सुनरपती देवीको मृत्यु भएको छ। यस्तै, कलैया उपमहानगरपालिका १२ शितलपुरका ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतोको मृत्यु भएको छ।
बाराका डिएसपी गौतम मिश्रका अनुसार धान रोप्न खेत गएकै बेला वर्षासँगै खसेको चट्याङ लागेर चारै महिलाको घटनास्थलमै मृत्यु भएको छ। सोही ठाउँमा चट्याङ लागेर सात पुरुष घाईते भएका छन्। उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।