|

दार्चुला :  भारतसँग सीमानाका जोडिएको दार्चुलाका तीन स्थानमा एकै पटक सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको छ।

दार्चुलाका भारतसँग सीमा जोडिएका मालिकार्जुन गाउँपालिका-७ जौलजिबिमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको हो। त्यसैगरी लेकम गाउँपालिका-३ लाली र ब्याँस गाउँपालिका-२ दुम्लिङ्ग्मा पनि बोर्डर आउट पोस्ट स्थापना गरिएको छ।

ती बोर्डर आउट पोस्ट स्थापनाका लागि सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरि शंकर बुढाथोकी दार्चुला पुगेका थिए। सरकारले यसअघि भारतीय अतिक्रमणमा परेको कालापनी क्षेत्रस्थित छाङ्‍रुमा बोर्डर आउट पोस्ट स्थापना गरिसकेको छ।

उक्त बोर्डर आउट पोस्टमा रहेका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दसहितको टोलीले छाङ्‍रुबाट अगाडि कालापानी क्षेत्र र चीनसँगको सीमाक्षेत्र तिंकरसम्म गस्ती गर्दै आएको छ।

सीमाक्षेत्रमा सशस्त्र प्रहरी बसेर गस्ती बढाएपछि नेपालतर्फ छिरेर भारतीयले गर्ने तस्करी र अन्य वनपैदावार चोरी निकासीका घटनामा पनि व्यापक कमी आएको स्थानीयबासी बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.