|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेताहरुले प्रतिपक्षी नेपाली कांग्रेसले अहिलेको सरकार ढलेपछि बन्ने नयाँ सरकारको नेतृत्व आफुहरुलाई दिने लिखिन पत्र नै पठाएको दावी गरेका छन्।

नेता कृष्णबहादुर महराले कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने लिखित प्रतिवद्धता नै गरेको बताए।

 ‘नेपाली कांग्रेसले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने पत्र पठाइसकेको छ’ पार्टीले सरकार छाड्ने निर्णय गरेको बारे जानकारी गराउन मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘केही समयको लागि मात्रै भनिएको छ, त्यो विषयमा अझ विस्तृत छलफल गर्दैछौं, कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने कुरा छ।’
 

यसै सन्दर्भमा रेडियो थाहासञ्चारका लागि नरेन्द्र सापकोटाले माओवादी नेता कृष्णबहादुर महरासँग गरेको कुराकानी : 

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि कांग्रेसले प्रतिवद्धता जनाइसकेकाले अब प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरे। ‘फोरम लोकतान्त्रिक, राप्रपा नेपाल लगायतका दलसहितको नयाँ सरकार बन्छ, त्यसका लागि कांग्रेससँग लिखित सहमति भइसकेको छ’ थाहाखबरसँग उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.