|

काठमाडौं : राष्ट्रिय मुस्लिम आयोगले आगामी जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्याङ्क संकलन गर्न आग्रह गरेको छ । 

२०७८ सालको जनगणनामा मुस्लिम समुदायको शैक्षिक अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था लगायत हरेक दृष्टिकोणले समेट्न आयोगले आग्रह गरेको हो । तथ्याङ्क विभागका महानिर्देशक र संवैधानिक आयोगका पदाधिकारीहरुसँगको छलफलमा मुस्लिम आयोगले यस्तो आग्रह गरेको हो । आयोगका अध्यक्ष समिममिया अन्सारीले मुस्लिम समुदायका सबै क्षेत्रको तथ्याङ्क संकलन गर्दै संवैधानिक आयोगका प्रतिनिधि र बढी बसोबास रहेको भूगोलमा मुस्लिम समुदायलाई अनुगमनमा लिएर जानुपर्ने बताए। 

केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले छलफलमा आएका कुराहरुलाई स्पष्ट रुपमा लिएर बढ्ने प्रतिबद्धता जनाउनुभएका उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.